Kathmandu Press

प्रभु बैंक र अन्नपूर्ण केबुलकारबीच सम्झौता

सम्झौता पत्रमा प्रभु बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदी र अन्नपूर्ण केबुलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइरालाले हस्ताक्षर गरे।
प्रभु बैंक र अन्नपूर्ण केबुलकारबीच सम्झौता

काठमाडौं, जेठ २३ : प्रभु बैंक लिमिटेड र अन्नपूर्ण केबुलकार प्रालिबीच केबुलकार सेवामा छुट दिने सम्झौता भएको छ।

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई अन्नपूर्ण केबुलकारका सेवामा छुट दिने सम्झौता भएको हो। उक्त सम्झौताअनुसार केबुलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत छुट प्राप्त हुनेछ।

Hardik ivf

सम्झौता पत्रमा प्रभु बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदी र अन्नपूर्ण केबुलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइरालाले हस्ताक्षर गरे।

बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीएम र ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।

प्रकाशित मिति: १७:३० बजे, बुधबार, जेठ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्