Kathmandu Press

भारतीय निर्वाचन : भाजपा १७, कांग्रेस चार सिटमा विजयी, राहुन गान्धी दुवै क्षेत्रको जित नजिक

मतपरिणाम अनुसार २६ मध्ये १७ सिटमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) विजयी हुँदा प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले चार स्थानमा जित हात पारेको छ।
भारतीय निर्वाचन : भाजपा १७, कांग्रेस चार सिटमा विजयी, राहुन गान्धी दुवै क्षेत्रको जित नजिक

काठमाडौं, जेठ २२ : भारतको लोकसभा निर्वाचन २०२४ को अन्तिम नतिजा आउन थालेको छ। ५४३ सिटको लागि भएको निर्वाचनमा हालसम्म २६ सिटको अन्तिम मतपरिणाम आएको छ।

मतपरिणाम अनुसार २६ मध्ये १७ सिटमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) विजयी हुँदा प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले चार स्थानमा जित हात पारेको छ।

यस्तै, जनता दल (सेकुलर)–जेडी (एस)ले दुई सिट, शिव सेना (उद्धव बालासाहेब थाक्रे), आम आदमी पार्टी (आप) र हिन्दुस्तान अवाम मोर्चा (सेकुलर)ले एक–एक सिटमा जितेका छन्।

Hardik ivf

यता, भारतीय कांग्रेसका नेता राहुल गान्धी दुवै क्षेत्रमा जित नजिक पुगेका छन्। केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुवै क्षेत्रमा गान्धी ३ लाखभन्दा बढी मतको अन्तरले अगाडि छन्।

राहुल गान्धी वायनाडमा भारतीय कम्युनिस्ट पार्टीकी एनी राजाभन्दा ३ लाख ६० हजारभन्दा बढी मतान्तरले अगाडि रहेका छन्। गान्धीले ६ लाख ४१ हजार ७ सय २५ मतसहित अग्रता बनाएका छन्।

त्यस्तै उत्तर प्रदेशको रायबरेलीमा गान्धी भाजपाका दिनेशप्रताप सिंहभन्दा ३ लाख ८८ हजार बढी मतान्तरले अगाडि रहेका छन्। गान्धीले ६ लाख ८४ हजार मत ल्याउँदा सिंहले २ लाख ९५ हजार मत ल्याएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी पनि वराणासी सिटमा एक लाख ४० हजार मतले अगाडि बढेका छन्।

यता, भारतको लोकसभा चुनावमा जेलमा रहेका कम्तीमा दुई उम्मेदवारले चुनाव जित्ने संभावना देखिएको छ। भारर सरकारले आतंकवादको आरोपमा पक्राउ गरेका कस्मिरी राजनीतिकर्मी शेख अब्दुल रासिदले यस निर्वाचनमा पूर्वमुख्यमन्त्रीलाई नै हराएका छन्।

इन्जिनियर रासिद नामले चिनिने उनले मुख्यमन्त्री उमर अब्दुल्लालाई पराजित गरेका हुन्। अब्दुल्लाले हार स्वीकार गरिसकेका छन्। रासिद जेलमा रहेका कारण उनका कलेजमा अध्ययनरत छोराले चुनावी अभियानको नेतृत्व गरेका थिए।

यता, सिखहरुको अलग राज्यको माग गरिरहेका धर्मगुरु अमृतपाल सिंहले पनि चुनाव जित्ने संभावना देखिएको छ । सिंह पनि पञ्जाबमा हिंसा भड्काउन खोजेको आरोपमा जेलमा छन्।

प्रकाशित मिति: १७:२४ बजे, मंगलबार, जेठ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्