Kathmandu Press

विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड

वितरण केन्द्रको चालु आवको वैशाखसम्म औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्ती बापत उक्त बक्यौता रकम रहेको हो।
विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड

कैलाली, जेठ २० : नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम १८ करोड २४ लाख ६२ हजार छ सय ७३ रहेको छ।

वितरण केन्द्रको चालु आवको वैशाखसम्म औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्ती बापत उक्त बक्यौता रकम रहेको हो।

Hardik ivf

चालु आवको वैशाख मसान्तसम्म औद्योगिक ग्राहकको बक्यौता रकम दुई करोड ४९ लाख पाँच हजार चार सय एक, घरायसीको दुई करोड २४ लाख ५२ हजार एक सय ६०, अन्यको दुई करोड ५३ लाख ५३ हजार ८७ र सडकबत्तीको १० करोड ९७ लाख ५२ हजार २५ रुपैयाँ रहेको वितरण केन्द्रका सहायक लेखा अधिकृत विनोद ढकालले जानकारी दिए।

उाका अनुसार गत आवको असार मसान्तसम्म बक्यौता रकम २० करोड १३ लाख २७ हजार रुपैयाँ थियो। चालु आवमा भने बक्यौता रकम केही घटेको उनको भनाइ छ। चालु आवको वैशाख मसान्तसम्म विद्युत् महसुल भुक्तानी नगर्ने एक हजार पाँच सय ७८ ग्राहकको लाइन काटिएको ढकालले जानकारी दिए।

गत आवभन्दा चालु आवमा बक्यौता रकम घटेको उनको भनाइ छ। वितरण केन्द्रका अनुसार गत आवको असार मसान्तसम्म औद्योगिकको दुई करोड ४१ लाख ४२ हजार आठ सय ९१, घरायसीको पाँच करोड ७९ लाख २८ हजार तीन सय ६९, अन्य ग्राहकको बक्यौता रकम एक करोड ४२ लाख २२ हजार तीन सय ६८ र सडकबत्ती बापतको १० करोड ५० लाख ३३ हजार तीन सय ७३ रुपैयाँ रहेको थियो।

नियमित महसुल भुक्तानी गर्ने ग्राहक ६२ दशमलव पाँच प्रतिशत रहेका केन्द्रले जनाएको छ।

प्रकाशित मिति: १४:४२ बजे, आइतबार, जेठ २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्