बेथानचोकमा हातेमालोले मनायो गणतन्त्र दिवस
गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जनप्रतिनिधिबाट संविधान बन्नु र वंश परम्परामा आधारित शासन व्यवस्थाको अन्त्य गरेर जनताका छोराछोरी नै राष्ट्र प्रमुख हुने हैसियत बनाउनु गणतन्त्रको मूलभूत विशेषता भएको बताए।काभ्रे, जेठ १६ : हातेमालो युवा समाजले काभ्रेको बेथानचोकमा १७ औं गणतन्त्र दिवस कार्यक्रम मनाएको छ।
हातेमालो युवा समाजद्वारा संचालित हातेमालो सामुदायिक पुस्तकालयमा चियापान तथा पुस्तकालयलाई समुदायसँग जोड्न सकिन्छ र पुस्तकालयका आगमी कार्यदिशा सम्बन्धी छलफलका साथै हातेमालोको कार्यालयदेखी चारदोबाटोसम्म प्रभातफेरी सहति चारदोबाटोमा दिप प्रज्वलन गरी गणतन्त्र दिवस मनाईएको हो।
ढुंखर्क चारदोबाटोमा दिप प्रज्वलन कार्यक्रममा गणतन्त्र प्राप्तीका लागि बलिदान दिने ज्ञात अज्ञात सहिदहरुलाई स्मरण गर्दै बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जनप्रतिनिधिबाट संविधान बन्नु र वंश परम्परामा आधारित शासन व्यवस्थाको अन्त्य गरेर जनताका छोराछोरी नै राष्ट्र प्रमुख हुने हैसियत बनाउनु गणतन्त्रको मूलभूत विशेषता भएको बताए।
उनले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको उल्लेख गरे। उनले गणतान्त्रिक जीवनशैली विकास भएको र नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेकोले अबको बाटो विकास भएको बताए।
कार्यक्रममा उपाध्यक्ष तारा राना तिमल्सिनाले हातेमालो युवा समाजले पछिल्लो समयमा प्रशंसनिय कार्य गर्दै आएको र पुस्तकालय संचालन तथा ब्यवस्थापनका लागि आफ्नो तर्फबाट साथ सहयोग रहनुका साथै पुस्तकालयलाई गाउँपालिकाको बजेटमा समेत समेट्ने प्रतिवद्धता जनाइन्।
वडा नं. २का वडाअध्यक्ष पुरुषोत्तम तिमल्सिनाले बेथानचोकमा पुस्तकालयको आवश्यकता रहेको र दिगो संचालनका लागि आवश्यक स्रोत साधनहरुको ब्यवस्थापनका लागि जनप्रतिनिधहरुको जिम्मेवारी र भूमिका रहेको बताए बालबालिकाहरुको मोबाईलको लत छुटाउनुका पुस्तकालय एउटा माध्यम हुन सक्ने भएकाले शिक्षक, अभिभावक र युवाहरु समेत पुस्तकालयमा आएर पढ्ने वातावरणको निर्मा गर्नु पर्नेमा उनले जोड दिए।
हातेमालो युवा समाजका अध्यक्ष सन्तोष तिमल्सिनाले समुदायमा पठन संस्कृतिको विकास गर्न हातेमालो युवा समाजले पुस्तकालयलाई सूचना प्रविधिसँग जाडेर सञ्चालन गर्न लागिएकाले फुसर्दको समयमा अभिभावकहरुले पुस्तकालयमा आएर अध्ययन गरेमा मात्र बालबालिकाहरुले पढ्ने संस्कार सिक्ने भएकाले समुदायलाई पुस्तकालयसंग जोडिनका लागि आग्रह गरे।