Kathmandu Press

काभ्रेमा बैंक तथा वित्तिय सहकारी युनियन गठन

भेलाले बैंक तथा वित्तिय सहकारी युनियन काभ्रेको अध्यक्षमा सन्तोष दाहाल उपाध्यक्षमा राजाराम घोरसाइने, सचिव सुन्दर गौतम उप सचिव सरोज मानन्धर त्यसैगरि सदस्यहरुमा प्रमोद कुमार काफ्ले, रुपेश तिमल्सिना, अमित पराजुलीलाई चयन गरेको छ।
काभ्रेमा बैंक तथा वित्तिय सहकारी युनियन गठन

काभ्रे, जेठ १४ : काभ्रेमा बैंक तथा वित्तिय सहकारी युनियन गठन गरिएको छ। बैंक तथा वित्तिय सहकारी युनियन केन्द्रिय महासचिव भैरव श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

भेलाले बैंक तथा वित्तिय सहकारी युनियन काभ्रेको अध्यक्षमा सन्तोष दाहाल उपाध्यक्षमा राजाराम घोरसाइने, सचिव सुन्दर गौतम उप सचिव सरोज मानन्धर त्यसैगरि सदस्यहरुमा प्रमोद कुमार काफ्ले, रुपेश तिमल्सिना, अमित पराजुलीलाई चयन गरेको छ।

Hardik ivf

कार्यक्रममा आईसिएफसी फाइनान्स बनेपाका प्रबन्धक निर्मल त्रिपाठी, सागर रायमाझीलगायतको उपस्थिती रहेको थियो। सहकारी तथा बैक क्षेत्रका कर्मचारीको मनोबल उच्च राख्न युनियन गठन गरिएको जानकारी अध्यक्ष सन्तोष दाहाल दिए।

बैंक तथा वित्तिय संस्था, बिमालगायतका कर्मचारी हक हितका विषयमा अब सशक्त रुपमा अगाडी बढ्ने मात्र नभई आर्थिक मन्दिको असर तल्लो तहका कर्मचारी लगायत सबैमा परेकोले यो समयमा कर्मचारीको  सामाजिक सुरक्षा अब चुनौतीको रुपमा देखिएको कुरा मध्यनजर गर्दै संगठन विस्तार गर्दै सबै तह तप्काका कर्मचारीलाई जोडिएर सामाजिक न्यायको अभियानमा गोलबन्द्ध हुन आह्वान  नवनिर्वाचित उपाध्यक्ष राजाराम घोरसाइनेले गरेका थिए।

प्रकाशित मिति: ११:०४ बजे, सोमबार, जेठ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्