महालेखाकाे प्रतिवेदन : राज्यकोषको बेरुजु ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ
प्रतिवेदनमा राज्यकोषको ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ बेरुजु औंल्याइएको छ ।संघीय र प्रदेश सरकारी कार्यालय, स्थानीय तह, सङ्गठित संस्था, समिति तथा अन्य संस्था समेतको ७८ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँको लेखापरीक्षण गर्दा यस वर्ष १ खर्ब २७ अर्ब ७४ करोड बेरुजु देखिएको छ।काठमाडौं, जेठ १२ : महालेखा परीक्षक तोयाम रायाले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखाको ६१ औं वार्षिक प्रतिवेदन पेश गरेका छन्।
उक्त प्रतिवेदनमा राज्यकोषको ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ बेरुजु औंल्याइएको छ ।संघीय र प्रदेश सरकारी कार्यालय, स्थानीय तह, सङ्गठित संस्था, समिति तथा अन्य संस्था समेतको ७८ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँको लेखापरीक्षण गर्दा यस वर्ष १ खर्ब २७ अर्ब ७४ करोड बेरुजु देखिएको छ।
प्रतिवेदनले आव २०७९÷८० सम्मको कुल अद्यावधिक बेरुजु मात्रै ६ खर्ब ६९ अर्ब रुपैयाँ औंल्याएको छ। संघीय मन्त्रालय तथा निकाय, प्रदेश, स्थानीय तह, समिति र अन्य संस्था तथा संगठित संस्था समेत गरी ५ हजार ६०५ वटा संस्थाको लेखा परीक्षण गरेको महालेखाले जनाएको छ ।
सरकारी निकायतर्फ संघ, प्रदेश र स्थानीय तहसमेतको लेखापरीक्षणबाट ९५ अर्ब ६० करोड बेरुजु देखिएको छ । सोमध्ये ३ हजार २७७ संघीय सरकारी निकाय तथा कार्यालयको २४ खर्ब ६१ अर्ब ११ करोडको लेखापरीक्षणबाट ४६ अर्ब ५४ करोड (१.८९ प्रतिशत) बेरुजु छ।
प्रदेश निकाय तथा कार्यालय १ हजार २७० को ३ खर्ब २३ अर्ब ३४ करोडको लेखापरीक्षणबाट ६ अर्ब ५७ करोड (२.०३ प्रतिशत), २१७ समिति तथा अन्य संस्थाको २ खर्ब ९६ अर्ब ८५ करोडको लेखापरीक्षणबाट २ अर्ब ३३ करोड (०.७६ प्रतिशत) र ७४८ स्थानीय तह (बक्यौता २ समेत)को ११ खर्ब ३९ अर्ब १९ करोडको लेखापरीक्षणबाट ३१ अर्ब १ करोड (२.७२ प्रतिशत) बेरुजु कायम भएको छ।