सहकारी ठगीमा संसदीय छानबिनको माग गर्दै कांग्रेसद्वारा सुदूरपश्चिम प्रदेशसभा बैठक बहिष्कार
कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले बजेट अधिवेशनको पहिलो प्रदेशसभा बैठक कांग्रेस बहिष्कार गरेको हो।
धनगढी, जेठ १२ : सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसले आइतवार डाकिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिष्कार गरेको छ।
कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले बजेट अधिवेशनको पहिलो प्रदेशसभा बैठक कांग्रेस बहिष्कार गरेको हो। कांग्रेसले बेल घेराउ गर्दै सहकारी ठगीमा मुछिएकाहरूमाथि छानबिन गर्न मागसहित नाराबाजी गर्दै सभाबाट बाहिरिएका छन्।
कांग्रेसले गृहमन्त्री लामिछानेले सञ्चार माध्यममाथि प्रतिशोध साँध्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिरालाई पक्राउ गरेको आरोप पनि लगाएको छ।
कांग्रेसका प्रमुख सचेतक बिक्रम धामीले सभामुखले दिएको समयमा बोल्दै सहकारी ठगीमा जोडिएकाहरूमाथि छानबिन गर्नुपर्ने बताएका थिए।
प्रकाशित मिति: १७:२८ बजे, आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(56)-1764919423.jpg)






-1764760320.jpg)