Kathmandu Press

विपक्षीलाई ताली बजाएर समर्थन गर्न सत्तापक्षको सल्लाह

'यो नीति तथा कार्यक्रम यति राम्रो र महत्वपूर्ण छ कि प्रतिपक्षमा रहनुभएकाले पनि वेल घेरेर नारा लगाउनुभन्दा ताली बजाएर छलफलमा सहभागी भएर समर्थन गर्नुपर्ने प्रकृतिको छ,’ उनले भने ।
विपक्षीलाई ताली बजाएर समर्थन गर्न सत्तापक्षको सल्लाह

काठमाडौं, जेठ १३ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिपक्षलाई वेल घेरेर नारा लगाउनु भन्दा ताली बजाएर सरकारको नीति तथा कार्यक्रमको छलफलमा सहभागी भएर समर्थन गर्न सुझाव दिएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले सरकारको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको भन्दै प्रतिपक्षमा रहनुभएकाले पनि वेल घेरेर नारा लगाउनुभन्दा ताली बजाएर छलफलमा सहभागी भएर समर्थन गर्नुपर्ने प्रकृतिको रहेको बताए।

Hardik ivf

यो नीति तथा कार्यक्रम यति राम्रो र महत्वपूर्ण छ कि प्रतिपक्षमा रहनुभएकाले पनि वेल घेरेर  नारा लगाउनुभन्दा ताली बजाएर छलफलमा सहभागी भएर समर्थन गर्नुपर्ने प्रकृतिको छ,’ उनले भने ।

उनले नीति तथा कार्यक्रमले मूलुकका आर्थिक सामाजिक समग्र क्षेत्रको समस्यालाई चिन्नकासाथै समस्याको सही र समायोचित दृष्टिकोण अघि सारेको बताए।

नीति तथा कार्यक्रमल १६ औं योजनालाई अनुशरण र दिगो विकासको लक्ष्यलाई पछ्याउने कोशिस गरेको उनको भनाई छ।

 

प्रकाशित मिति: १३:४६ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्