Kathmandu Press

मुख्यमन्त्री जम्कट्टेलको संयोजकत्वमा समिति गठन

बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठका अनुसार प्रदेश सरकारले यही जेठ १३, १४ र १५ गते गणतन्त्र दिवस मनाउन लागेको हो।
मुख्यमन्त्री जम्कट्टेलको संयोजकत्वमा समिति गठन

मकवानपुर, जेठ ११ : बागमती प्रदेश सरकारले गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा ४२ सदस्यीय मूल समारोह समिति गठन गरेको छ।

बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठका अनुसार प्रदेश सरकारले यही जेठ १३, १४ र १५ गते गणतन्त्र दिवस मनाउन लागेको हो।

सो अवसरमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, खेलकुद प्रतियोगिता, रक्तदान, वृक्षरोपण, लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शनलगायतका कार्यक्रम गरिने उनले बताए। 

प्रकाशित मिति: २०:२३ बजे, शुक्रबार, जेठ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्