Kathmandu Press

बहुलिंगी सौन्दर्य प्रतियोगिता हुँदै

राज्य मिडिया नेटवर्कले यस समुदायको अद्वितीय सौन्दर्य, शक्ति र विविधताको सम्मानमा लुकेका प्रतिभाहरूलाई अवसर दिलाउने उदेश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बताएको छ।
बहुलिंगी सौन्दर्य प्रतियोगिता हुँदै

काठमाडौ, जेठ ११ : लेस्बियन, समलिंगी, उभयलिंगी, ट्रान्सजेन्डर, क्वियर र इन्टरसेक्सको पहिचान भएका बहुलिंगी व्यक्तिहरूलाई लक्षित गरी सौन्दर्य प्रतियोगिता ‘फेस अफ एलजिबिटिक्यु आईप्लस’ हुने भएको छ।

राज्य मिडिया नेटवर्कले यस समुदायको अद्वितीय सौन्दर्य, शक्ति र विविधताको सम्मानमा लुकेका प्रतिभाहरूलाई अवसर दिलाउने उदेश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बताएको छ।

Hardik ivf

आयोजकले प्रतियोगिताले लेस्बियन, समलिंगी, उभयलिंगी, ट्रान्सजेन्डर, क्वियर र इन्टरसेक्स युवाको प्रतिभा प्रदर्शन गर्ने, व्यक्तित्व अभिव्यक्त गर्ने र अरूलाई प्रेरित गर्ने अवसर प्रदान गर्ने जनाएको छ। साथै प्रतियोगिताका विजेताले पुरस्कारसहित मोडलिङ क्षेत्रमा थप अवसर प्राप्त गर्ने आयोजकको भनाई छ।

प्रतियोगिताका लागि वैशाख ११ गतेदेखि नै आवेदन समेत खुला भएको छ। प्रतियोगितामा भाग लिन ईच्छुकहरुले ‘फेस अफ एलजिबिटिक्युआईप्लस’ नामक फेसबुक पेजमार्फत आवेदन दिन सक्ने आयोजकले जनाएको छ।

 

प्रकाशित मिति: १८:०६ बजे, शुक्रबार, जेठ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्