Kathmandu Press

पपुवा न्युगिनीमा पहिरोमा परि करिब १०० जनाको मृत्यु भएको आशंका

पपुवा न्युगिनीमा पहिरोमा परि करिब १०० जनाको मृत्यु भएको आशंका

काठमाडौं, जेठ ११ः पपुवा न्युगिनीको एक दुर्गम गाउँमा शुक्रबार बिहान गएको भीषण पहिरोमा परि कम्तीमा १०० जनाको मृत्यु भएको आशंका प्रत्यक्षदर्शी स्थानीयलाई उद्धृत गरी अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)ले जनाएको छ।

एबीसीका अनुसार पोर्ट मोरेस्बीबाट ६०० किलोमिटर उत्तरपश्चिममा रहेको एंगा प्रान्तको काओकलम गाउँमा स्थानीय समयअनुसार बिहान ३ बजे उक्त घटना भएको हो।

Hardik ivf

स्थानीयले एबीसीलाई बताएअनुसार मृतकको संख्या १०० भन्दा माथि पुगेको छ। पहिरोमा परि धेरै जनाको मृत्यु भएको तर अहिलेसम्म यकिन संख्या थाहा हुन नसकेको स्थानीय अधिकारीले बताएका छन्।

घटनाबारे पोरगेरा वुमन इन बिजनेस एशोसिएसनका अध्यक्ष एलिजाबेथ लारुमाले भनिन्, ‘मानिसहरु राति सुतिरहेको समय पहिरो गएको र पहिरोमा परि सबै गाउँ भग्नावशेषमा परिणत भएको छ। पूरै गाउँ नै पहिरोले पुरिएको छ। मेरो अनुमानमा जमिनमुनि करिब १०० भन्दा बढी मानिस पुरिएका छन्।’

प्रकाशित मिति: १५:२९ बजे, शुक्रबार, जेठ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्