Kathmandu Press

रुसद्वारा युक्रेनको २७८ वर्ग किमि जमिन कब्जा, खार्किभ क्षेत्रमा ११ हजार मानिस विस्थापित

रुसद्वारा युक्रेनको २७८ वर्ग किमि जमिन कब्जा, खार्किभ क्षेत्रमा ११ हजार मानिस विस्थापित

युक्रेन, जेठ १०ः युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा रूसी सेनाले मे १० मा जमिनी आक्रमण गरेपछि करिब ११ हजार मानिस आफ्नो घर छोड्न बाध्य भएको युक्रेनी गभर्नरले बिहीबार बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो आक्रमणबाट रूसलाई १८ महिनामा सबैभन्दा ठूलो क्षेत्रीय लाभ भएको बताउँदै धेरै लहरमध्ये यो पहिलो हुनसक्ने बताए।

Hardik ivf

खार्किभका गभर्नर ओलेग सिनेगुबोभले टेलिग्राममा एक पोस्टमार्फत् सार्वजनिक गरेको तथ्यांक अनुसार आक्रमणपछि  १० हजार ९८० जनालाई उक्त स्थानबाट बाहिर निकालिएको छ।

रूसी सेनाहरू लिप्ट्सी र भोभ्चान्स्क सहरलगायत सीमावर्ती गाउँतर्फ अघि बढेपछि हजारौँ मानिसहरू आफ्नो घर छोडेर भाग्न बाध्य भएका थिए। सीमाबाट केबल पाँच किलोमिटर टाढा भोभचान्स्क क्षेत्रमा लडाइँ जारी रहेको बताउँदै जनरल स्टाफले आफ्ना रक्षकहरूले सफलरूपमा प्रतिरोध गरिरहेको जनाएका छन्।

युद्ध अध्ययन संस्थानको तथ्यांक अनुसार मस्कोले मे ९ देखि १५ बीचमा आक्रमण गरेर युक्रेनी क्षेत्रको २७८ वर्ग किलोमिटर जमिन कब्जा गरेको छ।

प्रकाशित मिति: १८:५१ बजे, बिहीबार, जेठ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्