Kathmandu Press

सभामुखले गरे अर्थमन्त्री र संसदीय समितिका सभापतिसँग छलफल

बुधबार सिंहदरबारमा भएको छलफलमा संघीय संसद सचिवालयका लागि बजेट व्यवस्थापनका विषयमा अर्थमन्त्रीलगायत संसदीय समितिका सभापतिहरुसँग छलफल भएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले बताए।
सभामुखले गरे अर्थमन्त्री र संसदीय समितिका सभापतिसँग छलफल

काठमाडौं, जेठ ९ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अर्थ मन्त्रालयसँग सम्बन्धित विषय र संघीय संसद सचिवालयको बजेटका बारेमा अर्थमन्त्री वर्षमान पुनसहित संसदीय समितिका सभापतिहरुसँग छलफल गरेका छन्।

बुधबार सिंहदरबारमा भएको छलफलमा संघीय संसद सचिवालयका लागि बजेट व्यवस्थापनका विषयमा अर्थमन्त्रीलगायत संसदीय समितिका सभापतिहरुसँग छलफल भएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले बताए।

Hardik ivf

‘अर्थ मन्त्रालयसँग सम्बन्धित र संसद सचिवालय बैठकसँग सम्बन्धित विषयमा छलफल भयो। यसमा राजनीतिक विषयमा छलफल भएन,’ उनले भने, ‘समितिहरुले मागेको बजेट अर्थ मन्त्रालयले दिने नदिने विषयमा स्पष्ट भनिसकेको छैन। घुमाउरो पारामा बहाना बनाइएको छ।’

समितिहरुले बजेटको सिलिङ लेखेर पठाएपछि राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई पठाउने र स्रोत हेरेर स्रोत सुनिश्चित भइसकेपछि बजेटको व्यवस्थापन गर्ने अर्थमन्त्री पुनले आश्वासन दिएको खानले बताए।

आगामी आर्थिक वर्षमा संघीय संसद सचिवालयका लागि बजेट छुट्याउने आवश्वासन अर्थमन्त्री पुनले दिएको उनले जनाए।

 

प्रकाशित मिति: १९:०६ बजे, बुधबार, जेठ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्