फेरि घट्यो सेयर बजार
काठमाडौं, फागुन १४ : सेयर बजार फेरि ओरालो लागेको छ । सोमबार ७.४१ अंकले बढेको सेयर बजार मंगलबार पुनः ७.१७ अंकले घटेको हो । मंगलबार नेप्से परिसूचक एक हज....

काठमाडौं, फागुन १४ : सेयर बजार फेरि ओरालो लागेको छ । सोमबार ७.४१ अंकले बढेको सेयर बजार मंगलबार पुनः ७.१७ अंकले घटेको हो । मंगलबार नेप्से परिसूचक एक हजार एक सय दुई अंकमा आइपुगेको छ ।
आज ६ लाख ५३ हजार २८ कित्ता सेयर कारोबार भएको छ । जसमा कारोबार रकम खुम्चिएर १६ करोड ५६ लाख ७२ हजार दुई सय ८५ रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ ।
मंगलबार सबै समूहको कारोबार घटेको हो । सबैभन्दा बढी माथिल्लो तामाकोशीको सेयर कारोबार भएको छ भने दोस्रोमा नविल बैंकको सेयर कारोबार भएको छ ।
प्रकाशित मिति: १५:१९ बजे, मंगलबार, फागुन १४, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1754206481.jpg)