बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते आउने
सभामुख भुवनकुमार पाठकले आज सो जानकारी दिँदै जेठ १४ गते प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरु बीचमा सहमति भएको बताए।
मकवानपुर, जेठ ८ : बागमती प्रदेशसभामा यही जेठ १४ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ।
सभामुख भुवनकुमार पाठकले आज सो जानकारी दिँदै जेठ १४ गते प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरु बीचमा सहमति भएको बताए।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिकरण गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १९:२५ बजे, मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार