Kathmandu Press

विधी लम्साल बनिन् ‘मिस नेपाल पिस’

नेक्स्ट मोडल्स नेपालले होटल याक एण्ड यतिमा आयोजित अन्तिम स्पर्धामा २३ नर्सिङ सुन्दरीलाई पछि पार्दै उनले बेष्ट पर्सनालिटी सहित उपाधि चुमेकी हुन्।
विधी लम्साल बनिन् ‘मिस नेपाल पिस’

काठमाडौं, जेठ ६ : काभ्रेपलाञ्चोककी नर्स विधी लम्सालले ‘एनक्लेक्स नेपाल मिस नेपाल पिस २०२४’ को शिर्ष उपाधि जितेकी छन्। 

नेक्स्ट मोडल्स नेपालले होटल याक एण्ड यतिमा आयोजित अन्तिम स्पर्धामा २३ नर्सिङ सुन्दरीलाई पछि पार्दै उनले बेष्ट पर्सनालिटी सहित उपाधि चुमेकी हुन्।

Hardik ivf

लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छन्। विजेता लम्सालले ‘मिस ग्लोबल’मा नेपालको प्रतिनिधित्व गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए।

प्रतियोगितामा नयाँ ठिमी भक्तपुरकी अनिसा पराजुली ‘फस्ट रनरअप’ र ‘मस्त इन्टेलेक्च्युअल’ तथा सामाखुसीकी पला रेग्मी ‘सेकेन्ड रनरअप’ र ‘मस्ट चार्मिङ’ भए। पराजुली चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा साइकियाट्रिक नर्सिङमा मास्टर अध्ययनरत छिन्। 

पराजुलीले विनायक कलेज अफ हेल्थ साइन्सबाट पिसिएल नर्सिङ उत्तीर्ण गरेकी छन् । तीनै विजेताले उपाधिका साथमा विभिन्न उपहार हात पारे।

‘स्पेसल अवार्ड नर्स विथ व प्रपोज’ मोनिका थापा मगर, ‘मस्ट फोटोजेनिक’ र ‘बेस्ट स्किन’ सदिति श्रेष्ठ, ‘मस्ट पपुलर’ र ‘पब्लिक च्वाइस’ लस्ता श्रेष्ठ, ‘मिस फिटनेस’ सलिना बादे र ‘मस्ट ट्यालेन्ट’ दिव्या बम ठकुरी बने।

प्रतियोगितामा नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार, डा.सुवास आचार्य, डा. सुजिता हिराचन, डा. स्मृति मास्के, सजना केसी र टिकाराम बुढाथोकी निर्णायकमा थिए। 


 

प्रकाशित मिति: १३:४७ बजे, आइतबार, जेठ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्