Kathmandu Press

असिना पानीले बाजुराको तल्लो भेगका गहुँबाली नष्ट

बाजुरा, चैत १७ : आइतबार परेको असिनापानीले बाजुराको तल्लो भेगका अधिकांश स्थानीय तहमा लगाएको अन्नबाली नष्ट पारेको छ। पाक्न लागेको गहुँ, पाकीसकेको जौ र त....

असिना पानीले बाजुराको तल्लो भेगका गहुँबाली नष्ट

बाजुरा, चैत १७ : आइतबार परेको असिनापानीले बाजुराको तल्लो भेगका अधिकांश स्थानीय तहमा लगाएको अन्नबाली नष्ट पारेको छ। पाक्न लागेको गहुँ, पाकीसकेको जौ र तरकारी बालीलाई नष्ट पारेको हो। जिल्लाको तल्लो क्षेत्रका स्थानीयले चैतको दोस्रो साताबाट गहुँ बाली भित्र्याउने गर्दछन्।  

बुढीगंगा, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकासहित अछाम जिल्लामा असिनाले बालीमा क्षति पु¥याएकोे बुढीगंगा नगरपालिका १ का धर्मबहादुर भण्डारीले जानकारी दिए।

हावा हुरीसँगै परेको असिना पानीले पाक्न लागेको गहुँ, पाकेको जौ र तरकारीलाई  नष्ट पारेको स्थानीय शंकर उखेडाले जानकारी बताए। ती नगरपालिकामा गहुँबाली बढी उत्पादन हुने गर्दछ। बीउ उत्पादनका लागि लगाइएको गहुँ बालीमा क्षति पुगेको बुढीगंगा नरपालिका–३ गडतोलाका  नरबहादुर रौलेले बताए। 

जिल्लाका अन्य स्थानीय तहमा जेष्ठ र असारसम्मगहुँबाली पाक्ने गरेपनि त्रिवेणी, बुढीगंगासहितका स्थानीय तहमा चैतको अन्तिममा नै काट्न थाल्ने गरेका छन्। बेसी क्षेत्र र बढी उत्पादन हुने क्षेत्रका रुपमा पनि लिने गरिएको छ। यस अघि आएको असिनाले पनि त्रिवेणी, बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिका क्षेत्रका नोक्सानी गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

प्रकाशित मिति: १२:५५ बजे, सोमबार, चैत १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्