Kathmandu Press

भारतमा चट्याङले १२ को मृत्यु

पश्चिम बंगालको राजधानी कोलकाताबाट करिब तीन सय २७ किलोमिटर उत्तरमा रहेको माल्दा जिल्लामा चट्याङ प्रहारमा हताहतजन्य घटना भएको बताइएको छ।
भारतमा चट्याङले १२ को मृत्यु

नयाँ दिल्ली, जेठ ४ : भारतको पूर्वी राज्य पश्चिम बंगालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन्।

पश्चिम बंगालको राजधानी कोलकाताबाट करिब तीन सय २७ किलोमिटर उत्तरमा रहेको माल्दा जिल्लामा चट्याङ प्रहारमा हताहतजन्य घटना भएको बताइएको छ।

अधिकारीहरूले सबै पीडित चट्याङ परेको समयमा  घरबाहिर बगैँचा तथा खेतमा काम गरिरहेका अवस्थामा उनीहरुमाथि प्रहार गरेकाले धेरै मानिसको मृत्यु भएको स्रोतले जनाएको छ। 

प्रकाशित मिति: १५:०१ बजे, शुक्रबार, जेठ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्