शिवम् सिमेन्टको आइपिओ बिक्रीको आवेदन बन्द
काठमाडौं, फगुन १४ : शिवम् सिमेन्टको प्राथमिक सेयरमा बिक्रीको आवेदन आजबाट बन्द भएको छ । मागभन्दा बढी आवेदन परेपछि आजबाट बिक्री बन्द गरिएको हो ।
....
काठमाडौं, फगुन १४ : शिवम् सिमेन्टको प्राथमिक सेयरमा बिक्रीको आवेदन आजबाट बन्द भएको छ । मागभन्दा बढी आवेदन परेपछि आजबाट बिक्री बन्द गरिएको हो ।
कम्पनीले निष्कासन गरेको प्राथमिक सेयरमा अहिलेसम्म मागभन्दा ११.५६ प्रतिशत बढी आवदेन परेको छ । कम्पनीले फागुन ६ गतेदेखि सर्वसाधारणको लागि प्रतिकित्ता तीनसय रुपैयाँको दरमा र प्रभावित क्षेत्रका लागि प्रतिकित्ता दुईसय रुपैयाँको दरमा सार्वजनिक शेयर निष्कासन गरेको थियो ।
कम्पनीका अनुसार अहिलेसम्म सर्वसाधारणतर्फ निष्कासन भएको सेयरका लागि ४८ हजार दुई सय सात आवदेकबाट ४८ लाख ६० हजार दुई सय ५० कित्ताको लागि आवदेन परेको छ । साथै प्रभावित क्षेत्रबाट आठ सय १४ आवेदकले तीन लाख ८२ हजार दुई सय ८० कित्ताको लागि आवदेन दिएका छन ।
सर्वसाधारणतर्फ मागभन्दा १७.९७ प्रतिशत बढी आवदेन परेको छ भने प्रभावित क्षेत्रबाट ६५.९५ प्रतिशतको लागि मात्रै आवदेन परेको छ । सर्वसाधारण र प्रभावितसहित जम्मा निष्कासनका आधारमा भने माग भन्दा ११.५६ प्रतिशत बढि आवदेन परेको हो ।
कम्पनीले प्रभावित क्षेत्रमा नबिकेको सेयर सर्वसाधारणलाई बाँडफाँड गर्ने योजना बनाएको छ ।











-1754206481.jpg)