Kathmandu Press

घरकर्जा र सवारीकर्जा राष्ट्र बैंक लचिलो

राष्ट्र बैंकले घरजग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत कायम गर्ने भएको छ।
घरकर्जा र सवारीकर्जा राष्ट्र बैंक लचिलो

काठमाडौं, जेठ ४ : नेपाल राष्ट्र बैंकले घर कर्जालाई खुकुलो बनाएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै घर कर्जा खुकुलो बनाएको हो।

राष्ट्र बैंकले घरजग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत कायम गर्ने भएको छ।

यो व्यवस्था लागू भएपछि ऋण लिएर घरजग्गा खरिद गर्नेले आम्दानीको ७० प्रतिशतसम्म रकम बैंकको साँवा तथा ब्याज अर्थात् किस्ता भुक्तानीका लागि प्रयोग गर्न सक्नेछन्।

यस्तै, सबै हायर पर्चेज (अटो) कर्जाको जोखिम भार घटाउँदै राष्ट्र बैंकले सवारी कर्जालाई सहज बनाएको छ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरेको हो। यो व्यवस्था लागू हुन राष्ट्र बैंकले छुट्टै निर्देशन जारी गर्नुपर्ने हुन्छ।

यो व्यवस्थाले अटो कर्जा बढ्ने भएकाले आर्थिक गतिविधि चलायमान हुने राष्ट्र बैंकको दाबी छ।

प्रकाशित मिति: १२:०३ बजे, शुक्रबार, जेठ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्