Kathmandu Press

विपक्षीलाई बाहिर राखेर सोडारीले पाए विश्वासको मत

नाराबाजीकै बीच सभामुख भण्डारीले मत विभाजन प्रक्रिया सुरु गरेका थिए। त्यसपछि त्यसपछि कांग्रेस र नाउपा रेशम पक्षका प्रदेश सांसदहरू बैठकबाट बाहिरिएका थिए।
विपक्षीलाई बाहिर राखेर सोडारीले पाए विश्वासको मत

कैलाली, जेठ ३ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको पाएका छन्।

बिहीबारको प्रदेश सभाबाट मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएको हुन्। उनको पक्षमा २८ मत खसेको छ भने विपक्षमा एक मत पनि परेको छैन।

Hardik ivf

मुख्यमन्त्री सोडारीलाई नेकपा एमालेका ११, माओवादीका १० र एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्तिका दुई र स्वतन्त्र सांसदले मत दिएका थिए।

प्रदेश सभामा कांग्रेस र नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षका सांसदको नाराबाजीबीच मुख्यमन्त्री सोडारीले विश्वासको मतको प्रस्ताव राखेका थिए।

नाराबाजीकै बीच सभामुख भण्डारीले मत विभाजन प्रक्रिया सुरु गरेका थिए। त्यसपछि त्यसपछि कांग्रेस र नाउपा रेशम पक्षका प्रदेश सांसदहरू बैठकबाट बाहिरिएका थिए।

सत्ता पक्षका सांसदहरू मात्र बाँकी रहेको बैठकमा सभामुखले मतदान प्रक्रिया पूरा गराए।

त्यसअघि कांग्रेस र नाउका संसदको नाराबाजीपछि बैठक आधा घण्टाका लागि स्थागित गरिएको थियो।

प्रकाशित मिति: १२:५० बजे, बिहीबार, जेठ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्