Kathmandu Press

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

यो मूल्य हालसम्मकै उच्च हो। यसअघि वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

काठमाडौं, जेठ ३ : सुनको मूल्यले नेपाली बजारमा फेरि नयाँ कीर्तिमान कायम गरेको छ। केही दिनयता निरन्तर बढिरहेको सुनको मूल्य बिहीबार प्रतितोला  एक लाख ४० हजार पुग्दै नयाँ कीर्तिमान बनाएको हो।

बिहीबार प्रतितोला एक हजार छ सयले बढेर मूल्य एक लाख ४० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो मूल्य हालसम्मकै उच्च हो। यसअघि वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

तेजावी सुनको मूल्य पनि प्रतितोला एक हजार पाँच सय ५० ले बढेर प्रतितोला एक लाख ३९ हजार तीन सय पुगेको छ।

बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ८०५ रुपैयाँ कायम भएको छ। यसअघि हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो

 

प्रकाशित मिति: ११:४५ बजे, बिहीबार, जेठ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्