Kathmandu Press

‘उत्पादन वृद्धि र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा’

नियमभित्र बसेर र यथार्थको धरातलमा बसेर अधिकतम राम्रो बजेट ल्याउने कोसिस गरेको भन्दै निजी क्षेत्रलाई उनले निरुत्साहित नहुन आग्रह गरेका छन्।
‘उत्पादन वृद्धि र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा’

काठमाडौं, जेठ २ : अर्थमन्त्री वर्षमान पुन सरकारको नीति तथा कार्यक्रममा समग्रमा सबै तिरबाट उत्साहजनक प्रतिक्रिया आएको बताएका छन्।

नेपाल उद्योग बाणिज्य महासंघले बुधबार आयोजना गरेको प्रि–बजेट छलफलमा उनले नीति कार्यक्रम उत्साहजनक आएको भन्दै यसले उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताए। नीतिहरुसँग मेल खाने बजेट र बजेटसँग मेल खाने मौद्रिक नीति आउने प्रतिबद्धता उनले व्यक्त गरे।

Hardik ivf

‘सरकारको नीति तथा कार्यक्रममा धेरै विषयहरु आएका छन् । नीतिगत रुपले उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने कुरा नै मुख्य छ । विभिन्न क्षेत्रहरु सम्बोधन गरिएको छ र समग्रमा सबै तिरबाट उत्साहजनक आएको छ भन्ने प्रतिक्रिया प्राप्त गरेका छौं,’ उनले भने, ‘विगतमा बेला बेला प्रश्न उठाएको जस्तो यसपटक हुदैँन् । नीति तथा कार्यक्रमकै वरिपरिबाट आएका नीतिहरुसँगै मेल खानेगरि बजेट आउछ, त्यसैगरि बजेटसँग मेल खानेगरि मौद्रिक नीतिहरु आउँछ यो हाम्रो छलफलको प्रतिबद्धता हो।’
 
नियमभित्र बसेर र यथार्थको धरातलमा बसेर अधिकतम राम्रो बजेट ल्याउने कोसिस गरेको भन्दै निजी क्षेत्रलाई उनले निरुत्साहित नहुन आग्रह गरेका छन्। उनले कृषि क्षेत्रलाई निर्वाहमुखि मात्र नभएर उद्याम, व्यवसायसँग जोड्ने र व्यवसायिक उत्पादनतिर जाने कुरामा पनि सरकार प्रतिबद्ध रहेको बताए ।

‘हामीले कृषिलाई आधारभूत जगको रुपमा राखेका छौं। कृषि क्षेत्रलाई पनि निर्वाहमुखि मात्र नभएर यसलाई उद्याम, व्यवसायसँग जोड्ने र व्यवसायिक उत्पादनतिर जाने छौं,’ उनले भने, ‘त्यसको लागि नीजि क्षेत्रसँग सहकार्य गर्ने र आवश्यक नीति ल्याउने कुरामा ध्यान दिने नै छौ।’

बजेट निमार्णमा नेपाल राष्ट्र बैंक, गभर्नरलगायत विभिन्न तहमा पदाधिकारीहरुको सुझाव प्राप्त गरेको भन्दै सरकारले कसैलाई खाका र कसैलाई पाखाको नीति नलिने उनको भनाई छ।

प्रकाशित मिति: २०:०४ बजे, बुधबार, जेठ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्