समृद्धिका १० राष्ट्रिय लक्ष्यसहित १६औं पञ्चवर्षीय योजना सार्वजनिक
प्रतिव्यक्ति विद्युत् उपभोग गत आवमा ३८० किलोवाट घण्टा रहेकामा ७ सय किलोवाट घण्टा पुर्याउने भनिएको छ भने गत आवसम्म ९६.७ प्रतिशत जनसंख्यामा पुगेको विद्युत् पहुँच आगामी ५ वर्षमा शतप्रतिशत पुर्याउने भनिएको छ।काठमाडौं, जेठ २ : राष्ट्रिय योजना आयोगले समृद्धिका १० राष्ट्रिय लक्ष्य राखेर १६ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ।
योजनामा पाँच वर्षभित्र साक्षरताको अवस्था ८५ प्रतिशत पुर्याइने लक्ष्य राखिएको छ। गत आवमा ७६.२ प्रतिशत रहेकामा त्यसलाई बढाएर ८५ प्रतिशत पु¥याइएको हो। योजनाले बेरोजगारी दर गत आव (२०७९/८०) मा ११.४ प्रतिशत रहेकामा ५ प्रतिशतमा झारिने लक्ष्य राखेको छ।
श्रम उत्पादकत्व २ लाख ७५ हजार पु¥याइने लक्ष्य छ। श्रम उत्पादकत्व गत आवमा २ लाख ४५ हजार थियो। जलविद्युत तथा वैकल्पिक ऊर्जा जडित क्षमतासहित विद्युत् उत्पादन गत आवसम्म २ हजार ९ सय ६२ मेगावाट रहेकामा त्यसलाई ११ हजार ७ सय ६९ मेगावाट पु¥याउने लक्ष्य राखिएको छ।
यस्तै, प्रतिव्यक्ति विद्युत् उपभोग गत आवमा ३८० किलोवाट घण्टा रहेकामा ७ सय किलोवाट घण्टा पुर्याउने भनिएको छ भने गत आवसम्म ९६.७ प्रतिशत जनसंख्यामा पुगेको विद्युत् पहुँच आगामी ५ वर्षमा शतप्रतिशत पुर्याउने भनिएको छ।
सडक घनत्व गत आवमा ०.६३ किमि प्रतिवर्ग किमि रहेकामा ०७७ किमि प्रतिव.कि.मि.पु¥याइने लक्ष्य राखिएको छ । गत आवसम्म ६९.२ प्रतिशत जनसंख्यामा पुगेको इन्टरनेट पहुँचलाई पनि ९० प्रतिशतमा पु¥याउने लक्ष्य राखिएको छ।
गत आवसम्म ३.३ मेट्रिक टन रहेको प्रतिहेक्टर कषि वस्तुको औसत उत्पादकत्व (प्रमुख बाली) लाई ३.७ मेट्रक टन प्रतिहेक्टर पु¥याउने लक्ष्य छ। बैंक तथा वित्तीय संस्थामा पहुँच पुगेको परिवार ६३ प्रतिशत रहेकामा त्यसलाई आगामी ५ वर्षमा ८५ प्रतिशत पु¥याउने भनिएको छ।