विदेशीलाई नेपालमा फिल्म छायांकनमा आकर्षित गरिने
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अगामी आर्थिक वर्षमा चलचित्र पर्यटन प्रवर्धन गर्न हलिउड तथा बलिउड चलचित्र छायांकनका लागि निर्माताहरुलाई आकर्षित गरिने बताएका हुन्।काठमाडौं, जेठ १ : सरकारले हलिउड तथा बलिउडका चलचित्र निर्मातालाई नेपालमा फिल्म छायांकनका लागि आकर्षित गर्ने नीति लिने भएको छ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अगामी आर्थिक वर्षमा चलचित्र पर्यटन प्रवर्धन गर्न हलिउड तथा बलिउड चलचित्र छायांकनका लागि निर्माताहरुलाई आकर्षित गरिने बताएका हुन्।
त्यस्तै, सरकारले पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित बनाउने बताउँदै पौडेलले पर्यटकीय पुर्वाधारको विकास एवं निर्माण गरिने बताए।
त्यसैगरी हवाई सेवा सम्बन्धि नीति र कानुनमा समसामयिक सुधार गरि हवाई सेवालाई थप सुरक्षित सुलभ र पहुँचयोग्य बनाइने घोषणा पौडेलले गरे।
प्रकाशित मिति: १६:२९ बजे, मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलिदानको छायाकंन अन्तिम चरणमाशुक्रबार, मंसिर ७, २०८१
दुई वर्षको काम ६ महिनाभित्र गर्छु: दिनेश डिसीबिहीबार, मंसिर ६, २०८१
‘देशभक्त तानाशाह’ पढेपछि....शनिबार, मंसिर १, २०८१
ठगी आरोपमा चलचित्र 'तेल भिसा'का निर्माता र निर्देशकविरूद्ध उजुरीबुधबार, कात्तिक २८, २०८१