Kathmandu Press

कोरोनाविरुद्ध अभियानमा लागेका वडाध्यक्षमाथि कुटपिट 

जाजरकोट, चैत १६ : छेडागाड नगरपालिका–११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति आक्रमण भएको छ। नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारीअनुसार शु....

कोरोनाविरुद्ध अभियानमा लागेका वडाध्यक्षमाथि कुटपिट 

जाजरकोट, चैत १६ : छेडागाड नगरपालिका–११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति आक्रमण भएको छ। नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारीअनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी गाउँगाउँमा प्रचार गर्दै हिँडेको समयमा शनिबार बेलुकी झार्पा पिपलको बोट नजिकैबाट अपरिचित व्यक्तिको समूहले उनलाई वडा कार्यालयतिर जाउँ भनी लगेको थियो।

गएराति नै सिंहलाई  दुई खुट्टा भाँचेर पाखो जमीनमा छाडेर हिँडेको अवस्थामा भेटिएको छ। अहिले घटनास्थलमा प्रहरी जाँदै गरेको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए। घटनाको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जाजरकोट सहइन्चार्ज नीरज आचार्यले कडा शब्दमा कारवाहीको माग गरेका छन्। दोषीमाथि कारवाही र घाइतेको उपचार तत्काल गर्न माग गरिएको छ। 

वडाध्यक्ष सिंहमाथि गएराति भएको आक्रमणप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा सांसद सत्य पहाडीले भत्र्सना गरेका छन्। उनले कोरोनाविरुद्धको अभियानमा रहेका अध्यक्ष सिंहमाथि आक्रमण गर्ने अपराधी हुन् भन्दै दोषीमाथि तुरुन्तै कारवाही र घाइतेको तत्काल उपचार गर्नसमेत माग गरेका छन्।

प्रकाशित मिति: १६:५६ बजे, आइतबार, चैत १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्