Kathmandu Press

राजधानीमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव

काठमाडौं, फागुन १४ : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०१९ काठमाडौं शुरु भएको छ । सोमबारदेखि शुरु भएको महोत्सव फागुन २० गतेसम्म चल्ने छ ।

....
राजधानीमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव
एनआईएफएफ

काठमाडौं, फागुन १४ : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०१९ काठमाडौं शुरु भएको छ । सोमबारदेखि शुरु भएको महोत्सव फागुन २० गतेसम्म चल्ने छ ।

काठमाडौंका थिएटरहरुले संयुक्त रुपमा आयोजना गरेको महोत्स्वमा देश–विदेशका ३० नाटक प्रदर्शन हुने छ ।

Hardik ivf

मण्डला, शिल्पी थिएटर, एक्टर्स स्टुडियो, थिएटर भिलेज, थिएटर मल, कथा घेरा र वन वल्र्डमा नाटकहरु प्रदर्शन गरिने छन् ।

राजधानीका सबै थिएटरमा बिहान ११, दिउसो १, ३ र साँझ ६ बजे नाटक मञ्चन हुने छन् ।

नाटक मञ्चनसँगै कविता वाचन र अन्य मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिने जनाएको छ ।

प्रकाशित मिति: १३:२८ बजे, मंगलबार, फागुन १४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्