Kathmandu Press

कोरोनाविरुद्धको राहत कोषमा नायिका वर्षाले दिइन् एक लाख रुपैयाँ

काठमाडौं, चैत १६ : नायिका वर्षा शिवाकोटीले विश्वभर फैलिएको कोरोना भाइरसविरुद्ध लड्नका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छिन्।

उनले....

कोरोनाविरुद्धको राहत कोषमा नायिका वर्षाले दिइन् एक लाख रुपैयाँ

काठमाडौं, चैत १६ : नायिका वर्षा शिवाकोटीले विश्वभर फैलिएको कोरोना भाइरसविरुद्ध लड्नका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छिन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोस्ट गर्दै कोरोभाभाइरस पीडितहरुका लागि सरकारको कोरोनाभाइरस राहत कोषमा १ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेकी हुन्। नायिका शिवाकोटीले दैनिक काम गरेर जीवन गुजारा चलाउनेहरुका थोरै भएपनि सहयोग गर्न चाहेको बताएकी छिन्।

‘सुरक्षित हुन गरिएको यो लकडाउनले सबैलाई असर परेको छ, तर पनि विषेश गरेर दिनरात मजदुरी गरेर जिविका पार्जन गर्नु हुने हाम्रा दाजुभाई दिदीबहिनीलाई यो अवस्थामा निकै गाह्रो परेको छ,’ उनले भनेकी छिन्, ‘यो धेरै ठूलो सहयोग त होइन, उहाँहरुका लागि सानो प्रयास गरेको हुँ।’

उनले आफूले राहत किनेर नै बाँड्न चाहे पनि सरकारले आदेशलाई पालना गर्दै सहयोग रकम सरकारको कोरोनाभाइरस राहत कोषमा उपलब्ध गराएको बताएकी छिन्। दैनिक काम गरेर गुजारा चलाउनेहरूका लागि चाँडै राहतको व्यवस्था गर्न पनि नायिका शिवकोटीले माग गरेकी छिन्। 

साथै उनले देशलाई बचाउन दिनरात भोकभोकै खट्नु हुने डाक्टर, नर्स र मेडिकलसँग सम्वन्धित अन्य व्यक्तिहरू र सुरक्षा निकायका व्यक्तिहरू तथा कोरोनाभाइरसबाट देशलाई बचाउन लाग्नु भएका अन्य क्षेत्रका व्यक्तिहरुलाई धन्यवाद पनि दिएकी छन्।

प्रकाशित मिति: १५:१६ बजे, आइतबार, चैत १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्