Kathmandu Press

जिल्ला प्रशासन कार्यालय काभ्रेले सञ्चालनमा ल्यायो टोल फ्रि नम्बर

टोल फ्रि नम्बर सेवा सेवाग्राहीको गुनासा र समस्या सम्बोधन गर्न बिहान ८ बजे देखि बेलुका ६ बजेसम्म सञ्चालनमा हुनेछ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले सञ्चालनमा ल्यायो टोल फ्रि नम्बर

काभ्रे, वैशाख ३० : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ।

टोल फ्रि नम्बर सञ्चालन गर्न गृह मन्त्रलायले दिएको निर्देशन अनुसार जिप्रका काभ्रेपलाञ्चोकले आजैबाट टोल फ्रि नम्बर १८१०५०००३७७ सञ्चालनमा ल्याएको हो।

सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन, सेवाग्राहीको समस्या गुनासोलाई समयमै समाधान गर्न र कार्यालयलाई सल्लाह सुझाव समेत प्राप्त गर्न टोल फ्रि नम्बर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्।

टोल फ्रि नम्बरमा कल गर्दा सेवाग्राहीलाई शुल्क लाग्दैन। जुनसुकै सेवा प्रदायकको सिमबाट पनि सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।

टोल फ्रि नम्बर सेवा सेवाग्राहीको गुनासा र समस्या सम्बोधन गर्न बिहान ८ बजे देखि बेलुका ६ बजेसम्म सञ्चालनमा हुनेछ।

सेवाग्राहीबाट प्राप्त भएको गुनासो लिखित रुपमा समेत अभिलेख राखी क्रमशः समाधान गर्दै लगिने प्रशासनले जनाएको छ।

प्रकाशित मिति: १७:५९ बजे, आइतबार, वैशाख ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्