प्रवक्ता शर्मा भने- सहमतिको सरकार बन्नुपर्ने कांग्रेसको माग छैन
काठमाडौं, चैत १६ : नेपाली कांग्रेसले सहमतिको सरकार बन्नु पर्ने आफ्नो माग नरहेको स्पष्ट पारेको छ।
आइतबार कांग्रेस प्रवक्ता विश्वप्....

काठमाडौं, चैत १६ : नेपाली कांग्रेसले सहमतिको सरकार बन्नु पर्ने आफ्नो माग नरहेको स्पष्ट पारेको छ।
आइतबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको सरकार बन्नु पर्ने कांग्रेसले माग नरहेको स्पष्ट पारेका हुन्। ट्वीटरमा ट्वीट गर्दै प्रवक्ता शर्माले सहमतिको सरकार बन्नु पर्ने विषयमा कांग्रेसभित्र कुनै छलफल नभएको बताएका छन्।
‘सहमतिको सरकार बन्नुपर्ने कांग्रेसको माग छैन र यसबारे कुनै छलफल समेत भएको छैन,’ शर्माले ट्वीटमा भनेका छन्,‘संकटमा सरकारलाई सघाउनु, सुझाव र दबाब दिनु हाम्रो कर्तव्य हो।’
शर्माले सरकारमा सँगै नभएर पनि कोरोनाविरुद्ध सँगै लड्न सकिने कांग्रेसको आधिकारिक धारणा रहेको पनि स्पष्ट पारेका छन्। ‘सरकारमा सँगै नभएर पनि कोरोनाविरुद्धसँगै लड्न सकिन्छ। यही हो नेपाली कांग्रेसको आधिकारिक धारणा,’ उनले भनेका छन्।
सहमतिको सरकार बन्नुपर्ने कांग्रेसको माग छैन र यसबारे कुनै छलफल समेत भएको छैन l संकटमा सरकारलाई सघाउनु,सुझाव र दबाब दिनु हाम्रो कर्तव्य हो l#सरकारमा_संगै_नभएर_पनि_संगै_लड्न_सकिन्छ l यही हो नेपाली कांग्रेसको आधिकारिक धारणा !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) March 29, 2020
यसअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले फेसबुक लाइभमा संकटका बेला सहमतिको सरकार बनेको उदाहरण दिएका थिए। उनको त्यो अभिव्यक्तिपछि राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको थियो। यद्यपि पौडेलले सहमतिको सरकार बन्नु पर्छ भन्ने कुरा आफूले नेपालको सन्दर्भमा नभएको स्पष्ट पारिसकेका छन्।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

