Kathmandu Press

विदेश पढ्नका लागि नौ महिनामा एक खर्ब रुपैयाँ बाहिरियोे

गत साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा नेपालीहरू विदेश जाँदा एक खर्ब ४३ अर्ब २२ करोड रुपैयाँ मुलुकबाट बाहिरिएको छ।
विदेश पढ्नका लागि नौ महिनामा एक खर्ब रुपैयाँ बाहिरियोे

काठमाडौं, वैशाख ३० : चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपाली विद्यार्थी विदेश पढ्न जाँदा करिब एक खर्ब रुपैयाँ विदेशिएको छ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको २०८०÷०८१ को पछिल्लो नौ महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार उक्त अवधिमा नेपाली पढ्नको लागि विदेश जाँदा ९५ अर्ब ८५ करोड रुपैयाँ बाहिरिएको तथ्य उजागर भएको हो।

गत साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा नेपालीहरू विदेश जाँदा एक खर्ब ४३ अर्ब २२ करोड रुपैयाँ मुलुकबाट बाहिरिएको छ।

अघिल्लो आर्थिक वर्ष २०७९÷०८० को सोही अवधिमा नेपाली जाँदा एक खर्ब ५४ करोड रुपैयाँ बाहिरिएको अवस्था थियो।

यस्तै, चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपाल घुम्न आउने पर्यटकबाट देशले ६० अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष यस्तो आम्दानी ४० प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: १४:२४ बजे, आइतबार, वैशाख ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्