Kathmandu Press

विदेशिने घटे, रेमिट्यान्यस २० प्रतिशत बढ्यो

पछिल्लो ९ महिनामा ३ लाख २९ हजार ४२२ ले संस्थागत श्रम स्वकृति लिएका छन् भने अघिल्लो वर्ष यो संख्या ३ लाख ८७ हजार ८३९ थियो।
विदेशिने घटे, रेमिट्यान्यस २० प्रतिशत बढ्यो

काठमाडौं, वैशाख ३० : यो आर्थिक वर्षको ९ महिनामा वैदेशिक रोजगारमा जाने नेपालीको संख्या घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा वैदेशिक रोजगारमा जानेको संख्या घटेको हो।

पछिल्लो ९ महिनामा ३ लाख २९ हजार ४२२ ले संस्थागत श्रम स्वकृति लिएका छन् भने अघिल्लो वर्ष यो संख्या ३ लाख ८७ हजार ८३९ थियो।

Hardik ivf

अघिल्लो वर्ष व्यक्तिगत श्रम स्वीकृति लिनेको २ लाख १७ हजार ९५९ रहेको थियो भने यो वर्ष २ लाख १२ हजार ७२१ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगारीमा जानेको संख्या घटेपनि रमेट्यिान्स भने झण्डै २० प्रतिशत बढेको छ।

चालु आर्थिक वर्ष  ९ महिनामा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। चैत महिनामा मात्र १ खर्ब २१ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार चैतसम्म अघिल्लो वर्षको यसै अवधिको तुलनामा १९.८ प्रतिशतले रेमिट्यान्स बढेको छ।

यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। यस अवधिमा ८ अर्ब १५ करोड डलर विप्रेषण आएको छ।

विप्रेषण आप्रवाह बढेसिँगै विदेशी मुद्राको सञ्चिति पनि १९ खर्ब नाघेको छ।

प्रकाशित मिति: १४:०४ बजे, आइतबार, वैशाख ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्