Kathmandu Press

बाँकेको राप्तिसोनारीमा फैलिएको झाडापखाला नियन्त्रण

पानी शुद्धीकरण गर्ने औषधि र पखालाका अन्य औषधिसहित चिकित्सकको टोली समयमै गाउँमा पुगेकाले पखाला छिट्टै नियन्त्रणमा आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए।
बाँकेको राप्तिसोनारीमा फैलिएको झाडापखाला नियन्त्रण

बाँके, वैशाख ३० : बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा आकस्मिकरुपमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ।

जिल्लास्थित स्वास्थ्य कार्यालयका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर उपचार गरेपछि झाडापखाला नियन्त्रणमा आएको हो।

Hardik ivf

‘एक्कासी फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका थिए। तीमध्ये आठ जनाको अवस्था गम्भीर थियो। स्वास्थ्यकर्मीको टोली गाउँमा गएर उपचारमा संलग्न भएसँगै झाडापखाला नियन्त्रणमा आएको छ,’ स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले भने।।

राप्तीसोनारी अस्पतालका चिकित्सक डा. राम शाहको नेतृत्वमा गाउँमै पुगेको स्वास्थ्यकर्मीको टोलीले बिरामीको उपचार गरेको थियो।

तीन जनालाई स्वास्थ्य चौकीमा भर्ना गरेर थप उपचार गरिएको राप्तीसोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए।

खोकना कुसुममा झाडापखाला फैलिएको जानकारी आउनसाथ कुसुम स्वास्थ्य चौकीबाट प्रमुख अमरसिंह महतारा र पालिकाको स्वास्थ्य शाखा प्रमुख केसीलगायत टोली टोलीले तत्काल गाउँमा पुगेर उपचार सुरु गरेको थियो।

पानी शुद्धीकरण गर्ने औषधि र पखालाका अन्य औषधिसहित चिकित्सकको टोली समयमै गाउँमा पुगेकाले पखाला छिट्टै नियन्त्रणमा आएको उनको भनाइ छ। -रासस

प्रकाशित मिति: १३:३३ बजे, आइतबार, वैशाख ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्