Kathmandu Press

महामारीबाट बच्न उच्च सतर्कता अपनाउनु जरुरी : राष्ट्रिय सभा अध्यक्ष

काठमाडौं, चैत १६ : राष्ट्रिय सभाको अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कोरोना भाइरसको महामारीबाट बच्न नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेको आचार....

महामारीबाट बच्न उच्च सतर्कता अपनाउनु जरुरी : राष्ट्रिय सभा अध्यक्ष

काठमाडौं, चैत १६ : राष्ट्रिय सभाको अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कोरोना भाइरसको महामारीबाट बच्न नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेको आचारसंहिता पालना गर्न आग्रह गरेका छन्।

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोवल कोरोनाभाइरस (कोभिड १९) बाट हालसम्म विश्वभर ३० हजार ८ सय जनाभन्दा धेरै मानिसको मृत्यु भइसकेको बताउँदै उनले ६ लाख ६४ हजारभन्दा बढी संक्रमितको स्वास्थ्य लाभको कामना गरेका छन्।

आइतबार विज्ञप्ति जारी गर्दै उनले विश्वभरका करिब दुई सय देशमा फैलिएको यस भाइरसको संक्रमण नेपालमा पनि पाँच व्यक्तिमा भइसकेको भन्दै सबैलाई उच्च सजगता र सतर्कता अपनाउन अपिल गरेका हुन्।
 
सरकारले  कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि मुलुकलाई लकडाउन गरेको समयमा सम्पूर्ण नागरिकलाई घरभित्रै बस्न उनले आह्वान गरेका छन्। साथै यस रोगको पहिचान, परीक्षण र उपचार गर्न ‍औषधी, प्रयोगशाला सामाग्री र पीपीईलगायतका सामाग्रीहरु देशभरका अस्पतालमा पर्याप्त मात्रमा उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन्।

महामारीविरुद्ध जुध्न आम नेपाली नागरिक तथा सम्पूर्ण विश्व समुदायलाई उच्च सतर्कताका साथ एकजुट हुन तिमल्सीनाले आग्रह गरेका छन् ।

प्रकाशित मिति: १४:२९ बजे, आइतबार, चैत १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्