Kathmandu Press

अपांगता भएका व्यक्तिहरूको रिले अनशन जारी, यस्ता छन् माग

अनशन बसिरहेका भण्डारीले चैत १४ मा वैशाख १ गतेबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग माग सम्बोधनको सहमति भएको तर पछि कार्यान्वयन नभएपछि अनिश्चितकालीन अनशन सुरू गरेको बताए। 
अपांगता भएका व्यक्तिहरूको रिले अनशन जारी, यस्ता छन् माग

काठमाडौं, वैशाख २८ : अपांगता भएका व्यक्तिहरुले आफ्ना अधिकार सम्बन्धि तीन बुँदे माग राख्दै शुक्रबार पनि रिले अनशन जारी राखेका छन्। 

काठमाडौंको शान्तिवाटीमा १७ गतेदेखि तनहुँ जिल्ला म्यादे गाउँपालिकाका दीपक भण्डारीलगायत १२ जनाले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ र नियमावली २०७७ मा उल्लेख भएका अधिकार कार्यान्वयनका लागि तीन बुँदे माग आफ्ना मागसहित निरन्तर रिले अनशन जारी राखेका हुन्। 

Hardik ivf

अनशन बसिरहेका भण्डारीले चैत १४ मा वैशाख १ गतेबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग माग सम्बोधनको सहमति भएको तर पछि कार्यान्वयन नभएपछि अनिश्चितकालीन अनशन सुरू गरेको बताए। 

उनले अझै आफुहरुको माग सम्बोधन नभए जटिल सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिए। अनशनकर्ताहरूमा भण्डारीसँगै अपाङ्गता अधिकारकर्मीहरू नरेश राना, लक्ष्मण राना मगर, कोषबहादुर थापा, प्रमिस दुरा, तुलसीराम श्रीपाल, केश गुरुङ, राजकुमार राना, दिलिप सापकोटा, प्रेम बुढाथोकी, भोजराज श्रेष्ठ र सिर्जना केसी रहेका छन।
 

यस्ता छन् उनीहरुको तीन बुँदे माग

१. पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यकताको आधारमा व्यक्तिगत सहयोगी सेवा तथा साङ्केतिक भाषा दोभासेको आ.ब. २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा अनिवार्य व्यवस्था गरि तुरुन्तै लागु गरियोस्।

२. सबै अपांगता भएका व्यक्तिहरूलाई आवश्यकता अनुसारका सहायक सामाग्रीहरु सरकारी संयन्त्रबाटै निशुल्क प्राप्त गर्ने अनिवार्य ब्यवस्था गरियोस्।

३. अपांगता भएका व्यक्तिहरुको सेवा सुविधाहरूलाई स्थानिय तहमार्फत प्रदान गर्न नियमावलीको दफा ९ अनुसारको “सामुदायिक सहायता सेवा” सम्बन्धी कार्यबिधि बनाई आव २०८१/८२ बाट सुरु गरियोस्।
 

प्रकाशित मिति: १७:३७ बजे, शुक्रबार, वैशाख २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्