Kathmandu Press

धरानमा पनि कोरोना भाइरसको परीक्षण सुरु

धरान, चैत १६ : काठमाडौं बाहिर पनि कोरोना भाइरस परीक्षण सुरु गरिएको छ। धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि परीक्षण सुरु गरिएको हो....

धरानमा पनि कोरोना भाइरसको परीक्षण सुरु

धरान, चैत १६ : काठमाडौं बाहिर पनि कोरोना भाइरस परीक्षण सुरु गरिएको छ। धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि परीक्षण सुरु गरिएको हो।

आइतबारदेखि प्रतिष्ठानको मोलिकुलर बायोलजी युनिटमा यसको परीक्षण सुरु भएको हो। यसको नेतृत्व प्रा.डा.नारायण भट्टराईले गरेका छन्। अब धरानमै कोरोना भाइरस भए नभएको एकीन हुनेछ।

आजदेखि त्यसको सुरुआत गरिएको छ। अस्पताल भर्ना भएका तीन जनाको घाँटीको स्वाबबाट परीक्षण सुरुआत गरिएको डा.भट्टराईले बताए। यो प्रयोगशालामा एक पटकमा १२ जनाको घाँटीको स्वाब परीक्षण गर्न सकिने जनाएको छ।

अब प्रदेश १ र २ का कोरोना भाइरसको आशंका गरिएका बिरामीको यहि प्रयोगशालामा परीक्षण हुनेछ। यस अघि प्रतिष्ठानले शंकास्पद व्यक्तिका घाँटीको स्वाब निकालेर काठमाडौं पठाउने गरेको थियो।

अहिलेसम्म टेकस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको परीक्षण हुने गरेको थियो। आइतबारसम्म आठ सय ७५ जनाको घाँटीको स्वाब परीक्षण गरिएको थियो। जसमा पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। उनीहरुमध्ये एक जना निको भएर घर फर्किसकेका छन भने चार जनाको उपचार भइरहेको छ।

अब अन्य प्रदेशमा कोरोना भाइरसको परीक्षण गर्ने तयारी भइरहेको जनाएको छ। यसको लागि आवश्यक उपकरण आजै चीनबाट ल्याइएको छ। ति जडानपछि प्रादेशीक अस्पतालमा कोरोना भाइरसको परीक्षण सुरु हुनेछ। 

प्रकाशित मिति: १३:४५ बजे, आइतबार, चैत १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्