लकडाउनमा समस्या परे सिधै फोन गर्नुहोस्ः प्रकाशमान सिंह
काठमाडौं, चैत १६ः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लक डाउनमा कुनै समस्या परे सम्पर्क गर्न आग्रह गरेका छन्। उनले कुनै सहयोग चाहिए सीधै आफूलाई सम....

काठमाडौं, चैत १६ः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लक डाउनमा कुनै समस्या परे सम्पर्क गर्न आग्रह गरेका छन्। उनले कुनै सहयोग चाहिए सीधै आफूलाई सम्पर्क गर्न आग्रह गरेका हुन्।
‘लकडाउनको यस कठिन स्थितिमा कुनै गम्भीर समस्या आएमा मलाई सदैव निर्वाचनमा विजयी बनाई सेवा गर्ने अवसर दिनु हुने काठमाडौं निर्वाचन क्षेत्र नं. १ का दिदीबहिनी तथा दाजुभाइहरूले र स्वदेश तथा विदेशमा बस्नुहुनेहरूले कुनै समस्या आइपरेमा मलाई र मेरो सचिवालयका साथीहरूलाई सम्पर्क गर्न सक्नु हुनेछ,’ नेता सिंहले भनेका छन्।
लकडाउनले श्रमजीवी तथा विपन्न वर्गलाई दैनिक गुजारा चलाउन कठिनाइ भएको भन्दै उनले राहत प्याकेज ल्याउन पनि सरकारसँग माग गरेका छन्। उनले आफू, पार्टीनिकट जनप्रतिनिधि तथा सचिवालयका सदस्यहरूको सम्पर्क नम्बर सार्वजनिक गर्दै देश तथा विदेशमा रहेका जनतालाई समस्या परे जानकारी गराउन भनेका हुन्।










![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

