Kathmandu Press

कोसी प्रदेश प्रमुख खापुङले गरे प्रदेशसभाको अधिवेशन आह्वान

मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो।
कोसी प्रदेश प्रमुख खापुङले गरे प्रदेशसभाको अधिवेशन आह्वान

विराटनगर, वैशाख २८ : कानुनी विवादका विच कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्। 

सरकारको सिफारिसमा वैशाख ३१ गतेका लागि प्रदेश प्रमुख परशुराम खापुङले अधिवेशन आह्वान गरेका हुन्।

मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो।

कार्की बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएपछि निवर्तमान मुख्यमन्त्री केदार कार्कीले वैधताको प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्। 

मुख्यमन्त्री कार्कीले सोही दिन प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

प्रकाशित मिति: १५:२० बजे, शुक्रबार, वैशाख २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्