Kathmandu Press

कतार एयरवेजबाट आएका चितवनका पाँचजनाको नतिजा ‘नेगेटिभ’

चितवन, चैत १६ : कतार एयरवेजबाट आएका पाँचैजनाको नतिजा नेगेटिभ आएको छ। फ्रान्सबाट कतार हुँदै कतार एयरवेजबाट आएकी कोराना सङ्क्रमित युवतीसँगै आएका चितवनको....

कतार एयरवेजबाट आएका चितवनका पाँचजनाको नतिजा ‘नेगेटिभ’
Hardik ivf

चितवन, चैत १६ : कतार एयरवेजबाट आएका पाँचैजनाको नतिजा नेगेटिभ आएको छ। फ्रान्सबाट कतार हुँदै कतार एयरवेजबाट आएकी कोराना सङ्क्रमित युवतीसँगै आएका चितवनको पाँचजनाकै कोरोना भाइरसको नतिजा ‘नेगेटिभ’ आएको हो। भरतपुर कोरोना विशेष अस्पतालले पठाएको नमूना टेकु प्रयोगशालामा परीक्षण हुँदा पाँचजनाकै नतिजा नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले जानकारी दिए।

कोरोना सङ्क्रमित युवतीसँगै एउटै जहाजमा आएका भरतपुर महानगरपालिका–८ का भुवन कोइराला, उनकी श्रीमती सञ्जु कोइराला, भरतपुरका सुरेश गुरुङ, शम्भु नेपाली र उनकी श्रीमतीलाई अस्पतालमा क्वारेन्टाइनमा राखी स्वाब परीक्षणका लागि पठाइएको थियो। जिल्ला प्रशासन कार्यालय चितवनको आग्रहमा उनीहरु कोरोना अस्पताल पुगेका थिए।

सोही एयरवेजमा आएका ६ जना चितवनवासी भएकामा एक जना काठमाडौँमा नै बसेका थिए। यस्तै भरतपुर कोरोना अस्पतालबाट पठाइएको अन्य ६ जनाको कोरोना परीक्षणको नतिजासमेत नेगेटिभ आएको अधिकारीले जानकारी दिए। गत चैत ७ गतेबाट सञ्चालनमा आएको अस्पतालमा कोरोनाको लक्षण देखिएका २३ जनाले सेवा लिएका छन्। हाल अस्पतालमा चारजनाको उपचार भइरहेको छ। अन्यको नतिजा नेगेटिभ आएसँगै घर पठाइएको अस्पतालले जनाएको छ। 

प्रकाशित मिति: १३:०३ बजे, आइतबार, चैत १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्