सुख्खा पहिरोमा एकको मृत्यु, पाँच घाइते
दार्चुला, फागुन १४: दार्चुलाको दुहुँ गाँउपालिका–३ राताकाठामा सुख्खा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

दार्चुला, फागुन १४: दार्चुलाको दुहुँ गाँउपालिका–३ राताकाठामा सुख्खा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
सोमबार राति साढे ११ बजे खसेको सुख्खा पहिरोमा पुरिएर नौगाड गाँउपालिका–४ का रघुबीरसिह धामीको मृत्यु प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, पहिरोमा पुरिएर पाँच जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा नौगाड गाँउपालिका–४ सिप्टीका उदारो ठगुन्ना, नरेन्द्र ठगुन्ना, हर्क ठगुन्ना, आनसिंह ठगुन्ना र मानसिंह ठगुन्ना रहेका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
पहिरोमा सर्वसाधारण पुरिएको खबर पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टोली राति नै घटनास्थलतर्फ गएको थियो । प्रहरी टाेलीले घाइतेको उद्दार गरेको छ ।
सुख्खा पहिराेमा केही भेडा पनि पुरिएका छन् ।









-(86)-1764936079.jpg)


-1764760320.jpg)