Kathmandu Press

हिक्मत कार्की कोसीको मुख्यमन्त्री नियुक्त 

कार्की एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।
हिक्मत कार्की कोसीको मुख्यमन्त्री नियुक्त 

विराटनगर, वैशाख २७ : नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। कार्की एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेका थिए। सोही अनुरुप आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिए पनि कार्कीलाई समर्थन गर्ने ५२ सांसदको हस्ताक्षर सनाखतपछि कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

यता, सरकार गठन आह्वान गर्ने प्रक्रिया अवैध रहेको दाबीसहित निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वाेच्च अदालतमा रिट दिएका छन्। 
 

प्रकाशित मिति: १४:१८ बजे, बिहीबार, वैशाख २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्