Kathmandu Press

कोशीमा नयाँ सरकार गठनको माग गर्दै प्रदेश प्रमुखलाई एमाले–माओवादीको पत्र

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बुधबार खापुङलाई पत्र बुझाएका हुन्।
कोशीमा नयाँ सरकार गठनको माग गर्दै प्रदेश प्रमुखलाई एमाले–माओवादीको पत्र

विराटनगर, वैशाख २६ : कोशीमा नयाँ सरकार गठनका लागि आह्वान गर्न माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र बुझाएका छन्।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बुधबार खापुङलाई पत्र बुझाएका हुन्। पत्रमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएको कारण दर्शाउँदै स्वतः पदमुक्त भइसकेको जनाइएको छ।

Hardik ivf

समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएको बताउँदै स्वतः पदमुक्त भएको दाबी एमाले र माओवादीको छ।

प्रदेश प्रमुख खापुङलाई बुझाएको पत्रमा प्रदेश सभा अधिवेशनमा विश्वासको मत लिन संकल्प प्रस्ताव पारित भए पनि विश्वासको मत माग्न प्रदेश सभा अधिवेशन आह्वान नगरेको व्होरा पत्रमा खुलाइएको छ।

प्रदेश प्रमुख खापुङले पत्र बुझ्नेक्रममा अध्ययन गरेर निर्णय गर्ने बताएका छन्। पत्रका आधारमा संविधान, प्रचलित ऐन कानुन र अभ्यासलाई मध्यनजर गर्दै अध्ययन गरी निर्णय लिइने उनले बताए।

प्रकाशित मिति: १६:२५ बजे, बुधबार, वैशाख २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्