सुदूरपश्चिम सरकार विवाद सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने
सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जटिल विवाद संलग्न रहेको बताउँदै पूर्ण इजलासमा पठाएर सुनुवाइका लागि अर्को पेसी तय गर्न आदेश दिएपछि अब तीन वा सो भन्दा बढी न्यायाधीशको इजलासमा सुनुवाई हुने भएको हो।
काठमाडौं, वैशाख २५ : सुदूरपश्चिम प्रदेश सरकार गठनको विवादमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई हुने भएको छ।
सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जटिल विवाद संलग्न रहेको बताउँदै पूर्ण इजलासमा पठाएर सुनुवाइका लागि अर्को पेसी तय गर्न आदेश दिएपछि अब तीन वा सो भन्दा बढी न्यायाधीशको इजलासमा सुनुवाई हुने भएको हो।
सुदूपश्चिम सरकार गठनविरुद्ध नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियालगायतविरुद्ध रिट दायर गरेका थिए।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई काम गर्नबाट रोक्न रिटमा माग गरिएको छ। गत वैशाख १० गते भएको सुनुवाईमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। सरकार गठन विवादको छिटो निरुपण गर्न रिटलाई अग्राधिकार दिइएको छ।
प्रकाशित मिति: १६:४८ बजे, मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार