Kathmandu Press

कर्णाली प्रदेश विपद् कोषमा सिद्धार्थ बैंकको १० लाख रूपैयाँ

वीरेन्द्रनगर, चैत १५ : ‘कोभिड–१९’ रोकथाम तथा नियन्त्रणार्थ कर्णाली प्रदेश सरकारद्वारा स्थापित प्रदेश विपद् व्यवस्थापन कोषमा सिद्धार्....

कर्णाली प्रदेश विपद् कोषमा सिद्धार्थ बैंकको १० लाख रूपैयाँ

वीरेन्द्रनगर, चैत १५ : ‘कोभिड–१९’ रोकथाम तथा नियन्त्रणार्थ कर्णाली प्रदेश सरकारद्वारा स्थापित प्रदेश विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंक लिमिटेड शाखा सुर्खेतले १० लाख रूपैयाँ सहयोग गरेको छ। 
     
बैंक सुर्खेतका प्रबन्धक रञ्जन कोइरालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई शनिबार १० लाख रुपैयाँ राशिको चेक हस्तान्तरण गरेका हुन्। त्यस्तै, नौमुले गाउँपालिका-३ द्वारी दैलेख निवासी पदमबहादुर विश्वकर्माले व्यक्तिगत रुपमा शनिबारै मुख्यमन्त्री शाहीलाई ५१ हजारको चेक हस्तान्तरण गरेका छन्।

चेक ग्रहण गर्दै मुख्यमन्त्री शाहीले बैंक तथा जिम्मेवार व्यक्तिप्रति कृतज्ञता प्रकट गरे।  बैंकका सुर्खेत शाखा प्रबन्धक कोइरालाले बैंकले कोरोना प्रतिकार्यमा सहयोग पुर्‍याउन नेपालका सातै प्रदेशका सरकारलाई १०–१० लाख रूपैयाँका दरले चेक हस्तान्तरण गरेको जानकारी दिए।

उनका अनुसार कोरोना भाइरस प्रतिकार्य तथा रोकथाममा सहयोग पुगोस् भन्ने हेतुले बैंकले यसअघि कान्तिपुर मिडियासँगको सहकार्यमा १५ लाख रूपैयाँ दिइसकेको छ। रासस

प्रकाशित मिति: १८:०० बजे, शनिबार, चैत १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्