Kathmandu Press

मेयरले समन्वय नगरेको उपमेयरको आरोप

काठमाडौं, फागुन १४ : भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाह ठकुरीले मेयर रेणु दाहालले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको आरोप लगाएकी छन....

मेयरले समन्वय नगरेको उपमेयरको आरोप

काठमाडौं, फागुन १४ : भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाह ठकुरीले मेयर रेणु दाहालले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको आरोप लगाएकी छन् ।

उपमेयर ठकुरीले आज पत्रकार सम्मेलन गरी आफूले जिम्मेवारी निर्वाह गर्दा आइपरेका समस्या र महानगरपालिकाको अवस्थाका बारेमा जानकारी गराइन् । उनले भनिन्, “कार्यपालिका बैठकमा ल्याइने एजेण्डा एकलौटी तरिकाले ल्याउने गरिएको छ, समयमा जानकारीसमेत हुँदैन, एजेण्डामा कुनै विमति राख्दा ‘महानगर प्रमुखले चलाउने हो तपाईंले होइन’ जस्ता शब्द प्रयोग गर्ने गरिएको छ ।”

महानगरमा लेखा समिति गठन नगरी अनियमितता बढेको, जिन्सी समिति गठन नगरिएको, महत्वपूर्ण समिति एकलौटी ढङ्गले गठन गरेको, आस्था र विचारका आधारमा कर्मचारीलाई दुःख दिने काम गरिएको उनको भनाइ छ ।
स्थानीय सरकार सञ्चालन ऐनमा प्राप्त उपमेयरको अधिकारलाई प्रयोग गर्न प्राविधिक तथा कर्मचारी महानगरले पर्याप्त नदिएको उपमेयर ठकुरीको गुनासो थियो ।

प्रकाशित मिति: १२:३० बजे, मंगलबार, फागुन १४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्