Kathmandu Press

जसपा मधेस संसदीय दलको बैठकमा तीनजना सांसद अनुपस्थित

अध्यक्ष उपेन्द्र यादव देशबाहिर रहेका बेला वरिष्ठ नेता अशाेक राईले पार्टी विभाजन गरेकाे भाेलिपल्ट मधेश प्रदेस संसदीय दलको बैठक बसेकाे थियाे।
जसपा मधेस संसदीय दलको बैठकमा तीनजना सांसद अनुपस्थित

जनकपुरधाम, वैशाख २४ : जनता समाजवादी पार्टी (जसपा) नेपालकाे मधेश प्रदेस संसदीय दलको बैठकमा तीनजना सांसद अनुपस्थित भएका छन्। अध्यक्ष उपेन्द्र यादव देशबाहिर रहेका बेला वरिष्ठ नेता अशाेक राईले पार्टी विभाजन गरेकाे भाेलिपल्ट मधेश प्रदेस संसदीय दलको बैठक बसेकाे थियाे।

मधेसमा जसपाका १९ सांसद रहेकाेमा बैठकमा सरोज सिंह कुशवाहा, सहिदा खातुन र शारदा शंकर साह अनुपस्थित भएका हुन्। दलका नेता रहेका मुख्यमन्त्री सरोजकुमार यादवले संसदीय दलको बैठक डाकेका थिए।

Hardik ivf

बैठकमा पार्टी विभाजनपछिको परिस्थिति र भावी रणनीतिबारे छलफल  भएकाे बताइएकाे छ। बैठकमा पार्टी फोड्न षड्यन्त्र गर्नेविरुद्व व्यापक विराेध भएकाे बताइएकाे छ। अनुपस्थित तीनैजना सांसदको गतिविधि शंकास्पद रहेको विषयमा चर्चा भएकाे स्राेतले। अनुपस्थित सबैमाथि निगरानी राख्ने निषकर्ष बैठकले बताइएको छ ।

मुख्यमन्त्री यादवले सबै सांसद संस्थान पक्षमै रहनेदाबी गरेका छन्।

प्रकाशित मिति: १४:०८ बजे, सोमबार, वैशाख २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्