हतियार देखाएर जनकपुरधाममा ८० लाख लुटपाट
सहकारी संस्थामा काम गर्ने एक कर्मचारीबाट साे एक समूहले जनकपुरधाममा सोमबार लुटपाट गरेकाे प्रहरीले जनाएकाे छ।
जनकपुरधाम, वैशाख २४ : हतियारधारीकाे एक समूहले जनकपुरधाममा ८० लाख रुपैयाँ लुटपाट गरेकाे छ।
सहकारी संस्थामा काम गर्ने एक कर्मचारीबाट साे एक समूहले जनकपुरधाममा सोमबार लुटपाट गरेकाे प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको हाे। मोटरसाइकलमा आएका तीन जना हतियारधारीले आफ्नो साथमा भएको उक्त परिमाणबराबरकाे रकम लुटेको हाे।
जनकपुरस्थित हिमालयन बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गर्दा जनकपुरधाम उपमहानगरपालिका-१९ थुमौनामा महताेमाथि उक्त घटना भएकाे बताइएकाे छ। घटनाबारे अनुसन्धान भइरहेको धनुषा प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १३:४३ बजे, सोमबार, वैशाख २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)