ग्लोबल आइएमईले प्लास्टिक खपत कम गर्ने
यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भई सबै प्रादेशिक कार्यालयमार्फत मुलुकभरका सम्पूर्ण शाखा कार्यालयमा विस्तार हुने बैंकले जनाएको छ।
काठमाडौं, वैशाख २४ : ग्लोबल आइएमई बैंकले ‘प्लानेट भर्सेस प्लास्टिक’ अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लास्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यास अनुसरण गर्ने भएको छ।
यसै सन्दर्भमा बैंकले आगामी तीन वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिबद्धतासमेत जनाएको छ। यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भई सबै प्रादेशिक कार्यालयमार्फत मुलुकभरका सम्पूर्ण शाखा कार्यालयमा विस्तार हुने बैंकले जनाएको छ।
बैंकले आफ्नो स्थापनाकालदेखि नै प्लास्टिक खपत न्यूनीकरण गर्ने र प्लास्टिक प्रदूषणविरुद्ध सचेतना फैलाउने विभिन्न क्रियाकलाप गर्दै आएको छ।
प्रकाशित मिति: १२:१६ बजे, सोमबार, वैशाख २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












