पश्चिमी न्यूनचापीय वायु बाहिरिने क्रम शुरु भएकोले मौसम सुधार हुँदै जाने
काठमाडौं, चैत १५ : पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनयतादेखि प्रभावित मौसम शनिबारदेखि सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए....

काठमाडौं, चैत १५ : पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनयतादेखि प्रभावित मौसम शनिबारदेखि सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त न्यूनचापीय प्रणाली आजदेखि बाहिरिने क्रम शुरु भएकाले मौसम सुधार हुँदै जाने मौसमविद् गङ्गा नगरकोटीले बताइन्। प्रिमनसुनको समय भएकाले पहाडी भू–भागको मौसम अपराह्न तथा साँझपख परिवर्तन भइरहन्छ। उनका अनुसार प्रिमनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने अपराह्न वा साँझपख मेघगर्जन चट्याङसहित क्षणिक वर्षा हुने हुन्छ। तत्काल भारी वर्षाको सम्भावना नरहेको बताइएको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्य भूभागका केही स्थानमा हल्का वर्षा भएको जनाएको छ। भोलि देशको पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सफा रहने बताएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ न्यूनतम तापक्रम १४ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री सेल्सियस रहेको छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

