Kathmandu Press

लकडाउन उल्लंघन गरेको आरोपमा काठमाडाैंबाट २१० जना पक्राउ

काठमाडाैं, चैत १५ :  अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लंघन गर्ने दुई सय १० जनालाई प्रहरीले पक्राउ गरेको छ। ....

लकडाउन उल्लंघन गरेको आरोपमा काठमाडाैंबाट २१० जना पक्राउ
रासस

काठमाडाैं, चैत १५ :  अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लंघन गर्ने दुई सय १० जनालाई प्रहरीले पक्राउ गरेको छ। 

लकडाउन उल्लंघन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले शनिबार बिहान काठमाडाैंका विभिन्न स्थानबाट २१० जनालाई नियन्त्रणमा लिएको हो।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्ने १० महिलासहित उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले जानकारी दिए। ७० मोटरसाइकल र पाँच वटा चारपाङ्ग्रे गाडीलाई पनि नियन्त्रणमा लिइएको उनले बताए।

स्वास्थ्यजस्तो गम्भीर विषयमा सरकारी आदेशको अवज्ञा गरेकालाई कडाइ थालेको प्रहरीले शनिबार बिहान ८ बजेसम्मको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको हो। सरकारी आदेशको पूर्ण कार्यान्वयनका लागि शुक्रबारदेखि अनावश्यक रुपमा पैदल हिँड्नेलाई समेत प्रहरीले थप कडाइ गरेको थियो।

“पहिलो, दोस्रो दिनमा जानकारी भएन भन्ने कुरा हुनसक्थ्यो, अहिले सबैले थाहा पाएर पनि बेवास्ता गरेको पाइयो, अब कुनै सम्झौता हुन्न, अत्यावश्यकबाहेक हिँड्ने र सवारी चलाउने छुट छैन, प्रहरीले पक्राउ गर्र्छ”, डिआइजी पोखरेलले भने। 

विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले चैत १८ गते बिहान ६ बजेसम्म अत्यावश्यकबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको छ। 

प्रकाशित मिति: ०९:५२ बजे, शनिबार, चैत १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्